बैतडी, २६ भदौ– बस दुर्घटनामा परी १९ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते...
भोली हरितालिका तिजः अाज दर खाएर हिन्दु महिलामा उल्लासका साथ मनाइँदै
काठमाडौं, २६ भदाै– आज तीजको दर खाने दिन। तीजको ब्रत बस्ने महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राती अवेरसम्म दर खादै नाचगान गर्ने प्रचलन रहिआएको छ।
तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो। टाढा टाढा रहेका...
चितवन, २६ भदौ – नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ। पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।...
काठमाडाैं, २५ भदाै – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ओम प्रकाश मिश्रले सोमबारै राष्ट्रपतिबाट सपथ अाजै लिने भएका छन्। संसदीय सुनुवाई समितिले सोमबार मिश्रको सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन...
तस्करी र सनम हत्यामा संलग्नहरुको उच्च अदालतमा शुनुवार्इ शुरू
मोरङ, २४ भदौ – साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा संलग्न हरुको उच्च अदालत, विराटनगरमा शुनुवाई सुरु भएको छ।
निवेदकहरुको बेग्लाबेग्लै बेञ्चका मागका कारण रोकिएको सुन तस्करी प्रकरणमा आइतबारबाट सुनवाई सुरु भएको छ। उच्च अदालत, विराटनगरको ३ नम्बर इजलासमा सनम शाक्य हत्या र ३८ सय किलो सुन त...
कास्की, २४ भदाै – कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा शनिबारदेखि हराइरहेका ६ जनाकै जनाको शव भेटिएको छ। यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्...
एक महिनादेखि भोजपुरमा उडान अवरुद्ध हुँदा समस्यामा बिरामी
भोजपुर, २४ भदौ – एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन। जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो।
लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका...
नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने
काठमाडौं, २४ भदौं – आगामी सोमबारदेखि भारतको पुणेमा हुनलागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालार्इ सहभागी नहुन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
यसैबिच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भने असोज १...
काठमाडौं, २४ भदाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालार्इ अाज पद तथा गोपनियताको सपथ गराएकी छिन्।
आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सेनापति थापालाई राष्ट्रपति भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरिन्।
राष्ट्रपति भण्डारी ने...
कास्की, २४ भदाै – शनिबार कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा हराइरहेका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ। यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। अझै १ जना हराइरहका छन्।
आइतबार शव भेटिनेमा १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडे...
काठमाडौं, २४ भदौ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उनले उपत्यकाको...
पशुपतिनगर, इलाम, २४ भदौ – हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन्।
वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत्...