Suvadin, Home

Infotice.....

Find information about products and services around you.

GOVERNMENT INSTITUTIONS

Info Post By

Suva Admin

Confident
  • Jan 23, 2017 17:13
  • 792 

Categories


Ministry of Forest and Soil Conservation

Government of Nepal

नेपालको कुल क्षेत्रफलको करिव ४०% भूभाग वन जङ्गलले ढाकेको छ । कृषि लगायत पर्यटन, वातावरण, जैविक विविधता एवं भौगोलिक विकास संरचनाको मेरुदण्डको रुपमा रहेको वन क्षेत्रबाटै मुलुकवासीहरुका अधिकांश दैनिक आवश्यकताका काठ, इन्धन - ७० प्रतिशत, पशुआहार -४० प्रतिशत, जडीवुटी लगायतका काष्ठ एवं गैरकाष्ठ वन पैदावारको आपूर्ति हुँदै आएको छ । त्यसैगरी वन तथा जलाधार संरक्षणको माध्यमबाट कृषियोग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानीमुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य रक्षा एवं प्रकृति संरक्षण र वातावरणीय स्वच्छता कायम राख्ने कार्यमा ठूलो टेवा पुगेको छ । वन क्षेत्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने क्षेत्र पनि हो । यस क्षेत्रबाट उत्पादित काठ दाउरा र जडीवुटीको विक्रीबाट मात्र वर्षोनी करीव दुइ अरव भन्दा बढी राजस्व संकलन भई आएको छ भने यथार्थमा यसको योगदानको सही मूल्यांकन हुन वाँकी नै छ । यसको अलावा वन क्षेत्रले गरीव, महिला, दलित र उपेक्षित वर्गलाई समेत समुदायमा आधारित वन व्यवस्थापनका माध्यमले राष्ट्रिय मूल प्रवाहमा समावेशीकरण गर्दे गाउँ स्तरसम्म विकेन्द्रीकरण र सुशासनको प्रत्याभूति दिन योगदान गरेको छ । वन क्षेत्रले नेपालको वहुमूल्य जडीवुटी लगायतका जैविक स्रोतलाई परिचालन गरी विश्व वजारसम्म पुर्‍याई आर्थिक समुन्नति गर्न सक्ने प्रचुर संभावनाहरु पनि वोकेको छ ।

Ministry of Forests and Soil Conservation
Singhadurbar, Kathmandu, Nepal

Telephone : 4211567
Fax : 977-1-4211868

Email : info@mfsc.gov.np, webmaster@mfsc.gov.np

http://www.mfsc.gov.np/