Suvadin, Home

उद्घाटन भईसक्दा पनि किन सञ्चालनमा आएन तातोपानी नाका ?   

उद्घाटनका बेला औपचारिकताका लागि कन्टेनर ओहोर(दोहोर गरिएको बाहेक नाका सञ्चालनमा आउन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले जानकारी दिए । औपचारिकताका लागि नाका उद्घाटन गरिए पनि राम्रोसँग सञ्चालनमा आउन अझै डेढ महिना लाग्न सक्ने उनको भनाइ छ ।

काठमाडौं, जेठ २८ -  तामझामले उद्घाटन गरिएको नेपाल-चीन तातोपानी नाका अझै सञ्चालनमा भने आउन सकेको छैन । उद्घाटनपछि एउटा पनि कन्टेनर यस नाकाबाट आवतजावत नभएको पाइएको छ ।

नेपालतर्फ भन्सार कार्यालय तयार नभएकाले उद्घाटन भएको दुई सातासम्म नाका सञ्चालनमा आउन नसकेको हो । रातो कार्पेट बिछ्याएर भव्यरुपमा उद्घाटन समारोह आयोजना गरिएको थियो । २०७२ सालमा गएको भूकम्पपछि भौतिक संरचना भत्किएका कारण बन्द तातोपानी नाका १५ जेठमा उद्योगमन्त्री मात्रिका यादवले उद्घाटन गरेका थिए ।

उद्घाटनका बेला औपचारिकताका लागि कन्टेनर ओहोर(दोहोर गरिएको बाहेक नाका सञ्चालनमा आउन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले जानकारी दिए । औपचारिकताका लागि नाका उद्घाटन गरिए पनि राम्रोसँग सञ्चालनमा आउन अझै डेढ महिना लाग्न सक्ने उनको भनाइ छ ।

चीन सरकारले आफ्नै लगानीमा नेपालका लागि सुख्खा बन्दरगाह बनाइदिएको छ । तर बन्दरगाहमै रहने भनिएको भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरहरु व्यवस्था अझै गरिएको छैन । फर्निचरहरु व्यवस्थापनका लागि भन्दै नेपालस्थित चिनियाँ दूतावासमा आग्रह गरिएको छ । हालसम्म फर्निचर आइनपुगेको बस्नेतले बताए ।

‘कार्यालय व्यवस्थापनका कामहरु अझै बाँकी छन्, फर्निचर पनि आइपुगिसकेको छैन’ उनले भने, ‘औपचारिक त भयो तर सञ्चालनमा आउन अझै केहि समय लाग्छ ।’ उसो त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले समेत भन्सार नाकामा सरकारी संरचना निमार्णमा भएको ढिलाइले व्यवसायिक सञ्चालन केही ढिलो हुने स्वीकार गरेका छन् ।

सचिव अधिकारीले नाकालाई व्यवसायिक सञ्चालन ल्याउन मन्त्रालयले तिब्र रुपमा काम भईरहेको जानकारी दिए । भन्सार कार्यालयको संरचना निमार्ण जारी रहे पनि पूर्ण हुन समय लाग्दा अझै केहि दिन नाका सञ्चालनमा आउन समय लाग्ने अधिकारीले बताए । 

यसैबीच जेठ १५ गते नाका खुल्ने भएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघको टोली एक साताअघि नै स्थलगत निरीक्षणका लागि तातोपानी पुगेको थियो । स्थलगत निरीक्षणपछि महासंघ अध्यक्ष नरेश कटुवालले भौतिक पूर्वाधारका कामहरु सम्पन्न हुन धेरै बाँकी रहेको भन्दै केही दिनभित्रै सञ्चालनमा आउन नसक्ने बताएका थिए । जेठभित्रसम्म पनि नाका खुल्नेमा आफू सशंकित रहेको उनको भनाइ छ ।

 

 

 


 

More form the Internet

loading...