Suvadin, Home

धादिङबाट काठमाडौं भित्रिने तरकारीमा पनि उच्च मूल्यवृद्धि
मकवानपुरदेखि काठमाडौं आइपुग्दा तरकारीको मूल्यमा ४ सय प्रतिशतसम्म वृद्धि

मूल्य बढ्नुमा भारतीय लोकसभा चुनाव र सोही कारण नेपालमा भारतबाट गोलभेडा नआउनुलाई जिम्मेवार ठानियो। कालिमाटी तरकारी बजारलगायत सरकारी निकायले पनि मूल्य बढ्नुको कारण भारतबाट सामान नआउनु नै हो भनेर तथ्य पेस गरे। सोही समयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मकवानपुर, धादिङ, र काभ्रेपलाञ्चोकमा पुगेर तरकारीको मूल्य अध्ययन गर्दा भने फरक तथ्य फेला पारेको छ। 

काठमाडौं, जेठ २८ - जेठको पहिलो साता काठमाडौं उपत्यकामा गोलभेडाको मूल्य ह्वात्तै बढ्यो। उपत्यकाको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार मानिने कालिमाटीमा नै गोलभेडाको खुद्रा मूल्य ९५ रुपैयाँदेखि १ सय १० रुपैयाँसम्म पुग्यो।

मूल्य बढ्नुमा भारतीय लोकसभा चुनाव र सोही कारण नेपालमा भारतबाट गोलभेडा नआउनुलाई जिम्मेवार ठानियो। कालिमाटी तरकारी बजारलगायत सरकारी निकायले पनि मूल्य बढ्नुको कारण भारतबाट सामान नआउनु नै हो भनेर तथ्य पेस गरे। सोही समयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मकवानपुर, धादिङ, र काभ्रेपलाञ्चोकमा पुगेर तरकारीको मूल्य अध्ययन गर्दा भने फरक तथ्य फेला पारेको छ। 

विभागले गरेको तीन जिल्लाका सबैभन्दा बढी तरकारी उत्पादन हुने र बेच्नका लागि काठमाडौं उपत्यकामा पठाइने स्थानमा गएर मूल्य अध्ययन गरेको थियो। विभागको तीन वटा टोलीले जेठ ९ र १० गते तीन जिल्लामा पुगेर त्यहाँ किसानले उत्पादन गरेको तरकारीको पाउने मूल्य र कालिमाटी फलफूल तथा तरकारी बजार समितिसम्ममा आइपुग्दाको मुल्य विश्लेषण गरेको थियो। 

विभागले किसानको बारीसम्मै पुगेर गरेको अध्ययनले काठमाडौं उपत्यकामा तरकारीमा हुने अचाक्ली मुल्यवृद्धिमा बिचौलिया प्रमुख कारण रहेको तथ्य फेला पारेको छ। 

मकवानपुर जिल्लामा अधिकांश तरकारीका औसत मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म रहँदा त्यही समयमा काठमाडौंमा भने ती तरकारीको औसत मूल्य प्रतिकिलो १ सय देखि १ सय १० रुपैयाँसम्म देखिएको छ। 

विभागले मकवानपुर जिल्लाको टिस्टुङ, पालुङ, दामन, बज्रारही र चित्लाङमा उत्पादन भएको तरकारीको कुषक मूल्य तथा स्थानिय संकलनकर्ताहरुको मूल्य अध्ययन गरेको थियो। अध्ययनले अधिकांश तरकारीमा विभिन्न चरणका बिचौलियाले ४ सय प्रतिशतसम्म मूल्य वृद्धि गर्ने गरेका छन्। किसानले आफूले उत्पादन गरेका वस्तुको मूल्य पनि नपाउने र उपभोक्ताले ती वस्तु चर्को मूल्यमा किन्नुपर्ने अवस्था रहेको विभागको निष्कर्ष छ। 

त्यसैगरी, काभ्रेपलाञ्चोकका किसानले पनि निकै सस्तोमा बेचिरहेको तरकारी कालिमाटी आइपुग्दा चार गुणासम्म मूल्य बढी भएको देखिन्छ। काभ्रेको पाँचखाल, नाला, कुन्ताबेँसी र रानीटारका किसानले तरकारीमा पाउने मूल्य हेर्दा उपत्यकाका उपभोक्ताले तिर्नेभन्दा आधाभन्दा पनि निकै कम देखिन्छ। 

कालिमाटीमा जेठ १० गते प्रतिकिलो ३० रुपैयाँमा बेचिरहेको बन्दा काभ्रेका विभिन्न स्थानमा भने ५ देखि ७ रुपैयाँ बराबर मात्रै खरिद भएको देखिन्छ। कालिमाटीमा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भइरहेको काउलीलाई किसानले ३५ देखि ४० रुपैयाँ, ८५ रुपैयाँमा बिक्री भइरहेको घ्यूसिमी ४५ देखि ५० रुपैयाँ, १ सय १० रुपैयाँमा बिक्री भइरहेको गोलभेडालाई ५० देखि ६० रुपैयाँ, ५० रुपैयाँमा बिक्री भइरहेको आलुलाई २० देखि २० रुपैयाँ मात्रै किसानले पाएको देखिन्छ। 

धादिङबाट काठमाडौं भित्रिने तरकारीमा पनि उच्च मूल्यवृद्धि देखिन्छ। धादिङको मलेखु, बेनिघाट, धार्के, सलाङघाट, बेनीघाट लगायतका स्थानमा टोलीले अनुगमन गरेको थियो। 


 


 

More form the Internet

loading...