Suvadin, Home

जनप्रतिनिधिले किबी रोपेपछि विदेश जाने युवाको मन बदलियो

यसका लागि गाउँपालिकाले बिउ र बिरुवामा अनुदान दिएको छ । त्यस्तै पशुपालन र जडिबुटी खेतीका लागि समेत पकेट क्षेत्र निर्धारण गरि अनुदानको व्यवस्था गरेको सुनुवारले बताए । गाउँपालिकाले कृषकहरुका लागि तालिम तथा भ्रमण गराउने योजना पनि बनाएको छ ।

रामेछाप, जेठ ३०-  जिल्लाको गोकुलगंगा गाउँपालिकाका कृषकहरु व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय सरकारले व्यावसायीक फलफूल, तरकारी तथा जडिबुटी खेतीलाई प्राथमिकतामा राखेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् ।

आलु, लसुन तथा फलफूल र जडिबुटी उत्पादनको राम्रो सम्भावना भएकाले व्यावसायिक खेतीलाई प्रश्रय दिएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

यसका लागि गाउँपालिकाले बिउ र बिरुवामा अनुदान दिएको छ । त्यस्तै पशुपालन र जडिबुटी खेतीका लागि समेत पकेट क्षेत्र निर्धारण गरि अनुदानको व्यवस्था गरेको सुनुवारले बताए । गाउँपालिकाले कृषकहरुका लागि तालिम तथा भ्रमण गराउने योजना पनि बनाएको छ ।

स्थानीय सरकारले गरेको प्रोत्साहन तथा मौसमी अनुकूलताका कारण ३० रोपनी जग्गामा ३ सय ५० बढी स्याउका विरुवा लगाएको गोकुलगंगा–१ का किसान आङतेण्डी शेर्पाले बताए ।

शेर्पाले स्याउबाहेक लोडसल्लालगायतका जडिबुटी लगाएका छन् । ७ वर्ष शिक्षण पेशा गरेका शेर्पा बीचमा विदेश जाने सोचमा थिए । तर, स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने कार्यक्रम ल्याएपछि उनी यतै केही गर्न सोचमा पुगेका छन् ।

सोही गाउँपालिकाको गर्जाङका किसान खगेन्द्रबहादुर खड्का अर्गेलीको व्यावसायीक खेतीमा लागेका छन् । अर्गेलीको लोक्ता जापानी पैसा बनाउन प्रयोग हुने भएकोले अर्गेली सोझै जापान निकासी हुने गर्दछ ।

 

 

 


 

More form the Internet

loading...