Suvadin, Home

Cover Image

४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालन हुने

‘ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा संचालनमा छ, ढल्केबरमा ४००-२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत् दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ,यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ’,उनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’

काठमाडौं, असार १ - मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र अर्थात् सन् २०१९ भित्रै सञ्चालनमा आउने भएको छ।

स्वदेशी लगानीमा निर्माणाधीन ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरिसकेको छ।

४००-२२० केभीको सबस्टेसन संचालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत आयात-निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

‘ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा संचालनमा छ, ढल्केबरमा ४००-२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत् दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ,यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ’,उनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’

ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ। अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ। ढल्केबरमा २२०-१३२ केभी सबस्टेसन पनि संचालित छ।  


 

More form the Internet

loading...