Suvadin, Home
Nepal life 3.779M

प्रभु बैंकको बार्षिक साधारणसभा फागुन १९ मा

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले नियमनकारी कोषमा  १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएको थियो। यही कारण बैंकको साधारणसभा ढिला भएको थियो।

काठमाडौं,२७ माघ- प्रभु बैंकले फागुन १९ गते बार्षिक साधारणसभा बोलाएको छ। सभाले आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले नियमनकारी कोषमा  १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएको थियो। यही कारण बैंकको साधारणसभा ढिला भएको थियो।

बैंकको संस्थागत र साधारण शेयरधनीको शेयर हिस्सा संरचना परिवर्तन गरेको छ। सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो।


 

More form the Internet

loading...