Suvadin, Home

Cover Image

मजदुरले आन्दोलन फिर्ता लिँदा पनि खुलेन हायात होटल

बिहीबार मध्यान्नसम्म पनि होटलमा आएका पाहुनालाई याक एण्ड यतीमा सारिएको छ । होटल बन्द रहेकाले काममा फर्किएका मजदुरहरुले काम नपाएको स्रोतले बतायो । होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले होटल नखुलेको पुष्टि गरे ।

काठमाडौं, असार ५ - मजदुरले आन्दोलन फिर्ता लिए पनि हायात होटल खुल्न सकेकाे छैन । समझदारी बिनै मजदुरले मंगलबार साँझ आन्दोलन फिर्ता लिएका हुन् ।

बिहीबार मध्यान्नसम्म पनि होटलमा आएका पाहुनालाई याक एण्ड यतीमा सारिएको छ । होटल बन्द रहेकाले काममा फर्किएका मजदुरहरुले काम नपाएको स्रोतले बतायो ।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले होटल नखुलेको पुष्टि गरे ।  मजदुर आन्दोलनमा उत्रिएपछि होटल हायात ३० जेठबाट बन्द भएको थियो । ३ असारमा श्रम तथा रोजगार कार्यालय, काठमाडौंले आफ्नो मध्यस्थतामा वार्ता गर्न र काममा फर्कन दुबै पक्षलाई आग्रह गरेको थियो । त्यसअनुसार मजदुर काममा फर्किएका थिए ।

 


 

More form the Internet

loading...