Suvadin, Home

Cover Image

शेयर बजार बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५‍.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ।

काठमाडौं, असार ९ -  आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक साेमबार भने उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५‍.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ।

नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन। कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ। विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ। यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ।

 

 

 


 

More form the Internet

loading...