Suvadin, Home

Cover Image

मैले जे देखेँः महिला ट्राफिक प्रहरीलाई टेर्दैनन् सवारी चालक 

सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था  छ ।

काठमाडाै‌, असार ९ -  'नियम, कानुन सबैलाइ बराबर' तर, अराजकलाइ तथा नियम मिच्नेहरुका लागि कहिलेकाँहि यहि भनाईले मात्र पूर्ण अर्थ नराख्न सक्छ, आखिर उपत्यकामा यस्तै देखिन्छ । महिला ट्राफिक प्रहरीलाई अटेर गरी, झुक्याएर सवारी हाँक्छन् कोहि-कोहि । तर, त्यहि अवस्थामा पुरुष ट्राफिक प्रहरीसामु सामान्य भईदिन्छन् उनीहरु । महिला ट्राफिक प्रहरी शारिरिक रुपमा तुलनात्मक कमजोर हुन्छन् भन्ने साँघुरो बुझाई देखिन्छ उनीहरुको कि छलेर गयो कि गयो, यस्तो अवस्थाले पनि दुर्घटना पनि बढ्दै गएको छ । 
 
लाईसेन्स देखाउन आनाकानी 

पुरुष ट्राफिक प्रहरीले चेकजाँच गर्दा,सवारी चालक अनुमती पत्र माग्दा तुरुन्त दिने केहि चालकहरुले महिला ट्राफिक प्रहरीलाई तत्काल देखाउन आनाकानी गर्ने, कुरामै भुल्याउन खोजेझैँ गर्ने महिला ट्राफिक प्रहरीको भनाई छ ।

नयाँ बानेश्वरमा ड्यूटिमा खटिएकी महिला ट्राफिक प्रहरी सरिता घले भन्छिन् - 'जेन्स र लेडिज ट्राफिकलाई सवारी चालकले हेर्ने र गर्ने व्यवहार फरक पाउन सकिन्छ । लेडिजलाई अटेर गर्ने, झनै छुच्चो भई प्रतिउत्तर दिने गर्छन । तर यतिसम्म जेन्स ट्राफिकलाई उनीहरुले गरेको देखिदैन ।' 

यस्तै भनाई छ, - 'महिला ट्रफिक प्रहरी यसोदा रोकाको पनि । भन्छिन् - 'यो महिला ट्राफिक हो, झुक्याउन नसके फुत्किन सकिन्छ भन्ने मानसिकता हुन्छ कसैकसैको ।' तर, रातको ड्यूटीमा भने समस्या हुने गरेको उनले बताईन् । मापसे जाँच गर्दा या जाँच गर्न खाज्दा कसैले जबर्जस्ती सवारी अघि बढाउन खोज्दा नियान्त्रण गर्न कठिन हुने उनले बताईन् । 

महिला ट्राफिकलाई शारिरिक रुपमा कमजोर देखेर नै अटेर गर्नेहरुलाई पक्राउ गर्न कठिन हुने गरेको उनले बताईन् । उसो त काठमाडौं उपत्यकामा चालकहरूको लापर्बाहीका कारण हुने सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले तीनमहिने विशेष अभियान जारी राखेको छ ।  त्यसका लागि महिला प्रहरीहरूलाई पनि खटाइएकाे छ।

 
नियम उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना, जेलदेखि लाइसेन्स निलम्बनसम्म  

सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था  छ । पहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारीधनिलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था थियो । यसमा परिमार्जन गर्दै अब न्युनतम ५ हजारदेखि ५० हजार बनाइएको छ ।

यसैगरी केही ठूला र महत्वपूर्ण सवारी नियमहरु उल्लंघन गर्नेविरुद्ध जेल सजायसम्म तोक्न सक्ने व्यवस्था छ ।  त्यस्ता चालकको लाइसेन्स ६ महिनासम्मका लागि निलम्बन गर्ने व्यवस्था पनि रहेको ट्राफिक महाशाखाको भनाई छ । 

अतः ट्राफिक नियमको पालना गरौँ, आफ्नो जीवनको सुरक्षा आफै गरौँ।  
ट्राफिक नियमको पालना गरौँ , आफू बचौँ अरुलाइ पनि बचाऔँ ।


 

More form the Internet

loading...