Suvadin, Home

Cover Image

नेपाली व्यवसायीको गुनासोः डेढ अर्ब रुपैयाँ मेलम्चीमा फस्यो 

उनीहरुले ७ सय २५ कर्मचारी तथा कामदारहरुले ३ महिना देखि तलब पारिश्रमिक पनि नपाएको समेत बताएका छन्। मेलम्ची खाने पानी आयोजना पीडित संघर्ष समितिलेआइतबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गर्दै अनुचित लाभको चक्करमा आयोजनालाई धकेल्ने चेष्टा नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन्। 

काठमाडौं,२८ माघ-मेलम्ची खानेपानी आयोजनाका सप्लायर व्यवसायीहरुले सरकारले ठेकेदार कम्पनी सीएमसीसंग ठेक्का रद्द गरेपछि आफुहरुको झण्डै डेढ अर्ब रुपैया फसेको बताएका छन।

उनीहरुले ७ सय २५ कर्मचारी तथा कामदारहरुले ३ महिना देखि तलब पारिश्रमिक पनि नपाएको समेत बताएका छन्। मेलम्ची खाने पानी आयोजना पीडित संघर्ष समितिलेआइतबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गर्दै अनुचित लाभको चक्करमा आयोजनालाई धकेल्ने चेष्टा नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन्। 

कार्यक्रममा समितिका संयोजक श्रीराम न्यौपानले उक्त आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्व भुक्तानी नभएको गुनासो पोखे। उनले भने,‘यदि हामी नेपाली व्यवसायीहरुलाई उक्त भुक्तानी समयमै भएन भने ‘नो सप्लाई, नो वर्क’ को अवधारणालाई कडाईका साथ कार्यान्वयन गर्छौं।’

न्यौपानेले नेपाली व्यवसायीहरुको भुक्तानी नहुञ्जेलसम्म अन्य नेपाली निर्माण कम्पनीहरुलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउनपनि आग्रह गरे। 

उनले पिउने पानीजस्तो संवेदनशील राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना १७ वर्ष हुँदापनि सम्पन्न गर्न नसकेको र विकासको मोडेल पहिचान गर्न नसकेर अलमलिने आफूहरुको पुस्तालाई भावी पुस्ताले कसरी मुल्यांकन गर्लान् भन्दै प्रश्न समेत तेर्साए ।

समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने समितिले जिकिर गरेको छ।

कार्यक्रममा सिएमसीका मानव संशाधन प्रमुख देविरमण अधिकारीले उक्त आयोजनामा कार्यरत ७ सय २५ कर्मचारीहरुको तीन महिनाको तलव नपाउँदा आफूहरु ठूलो मारमा परेको गुनासो पोखे।


 

More form the Internet

loading...