Suvadin, Home

साउन १ गतेदेखि लागू हुने गरी सहकारीको ब्याजदर तोक्ने तयारीमा सरकार 

यसका लागि प्राविधिक समितिले काम गरिरहेको छ। कर्जामा चर्को ब्याजदरका कारण सदस्यले ऋणको सावाँब्याज भुक्तानी गर्न नसक्ने अवस्था छ। गरिबलाई झनै गरिब बनाउने गरी कर्जामा मनपरी ब्याज असुल्ने गरेकाले सहकारीलाई ‘वैधानिक साहुकारी’ को आरोप लाग्दै आएको छ। सहकारी संस्थाले कर्जामा २५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। बैंकहरूले १२.२३ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन्।

काठमाडाै‌, असार २० - सहकारीको कर्जामा मनपरी ब्याजदर नियन्त्रण हुने भएको छ। साउन १ गतेदेखि लागू हुने गरी सरकारले सरकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्ने तयारी गरेकोे छ। सहकारी विभागले ब्याजदर तोक्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यसका लागि प्राविधिक समितिले काम गरिरहेको छ। कर्जामा चर्को ब्याजदरका कारण सदस्यले ऋणको सावाँब्याज भुक्तानी गर्न नसक्ने अवस्था छ।

गरिबलाई झनै गरिब बनाउने गरी कर्जामा मनपरी ब्याज असुल्ने गरेकाले सहकारीलाई ‘वैधानिक साहुकारी’ को आरोप लाग्दै आएको छ। सहकारी संस्थाले कर्जामा २५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। बैंकहरूले १२.२३ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन्।

सन्दर्भ ब्याजदर तोक्न सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा ९ सदस्यीय समिति बनेको छ। समितिले तोकेको ब्याजदरले बैंकको आधार ब्याजदरकै काम गर्नेछ। बैंकले हरेक त्रैमासमा आधार ब्याजदर प्रकाशित गरी त्यसमा २ प्रतिशत बढाएर कायम गर्न सक्छन्। सहकारीको ब्याजदर निर्धारणमा देखिएको विकृति रोक्न सन्दर्भ ब्याजदर लागू गर्ने संयन्त्र विकास गरिनेछ।


 

More form the Internet

loading...