Suvadin, Home

आयात हुने तरकारी तथा फलफूलमा अब विषादी जाँच नगरिने

भारतीय दूताबास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगीत गर्न दबाब दिएका थिए। दबाब थेग्न नसकेर सरकारले आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गरेको छ। 

काठमाडाै‍, असार २० - भारत सरकारको चर्को दबाब सामु नेपाल सरकार झुकेको छ। भारत सरकारको दबाब थेग्न नसकेर सरकारले आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गरेको छ। 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो।

असार ३ गतेदेखि कार्यान्वयनमा आएको यो नीति १७ औं दिनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषदको बैठकले फिर्ता लिने निर्णय गरेको हो। भन्सार विन्दुमा भारतबाट आयात हुने तरकारी तथा फलफूलको कडाईका साथ परीक्षण हुन थालेपछि पछिल्लो समयमा भारत सरकारले चर्को रुपमा यो व्यवस्थाको विरोध जनाउँदै फिर्ता लिन दबाब दिँदै आएको थियो।

भारतीय दूताबास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगीत गर्न दबाब दिएका थिए।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सह(सचिवका अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक तयारी गरी बिहीबारको मन्त्रिपरिषद्को बैठकमा परीक्षण कार्य तत्काल स्थगित गर्ने विषयमा प्रस्ताव लगेको थियो। 


 

More form the Internet

loading...