Suvadin, Home

मौद्रिक नीति साउन पहिलो साता आउने

राष्ट्र बैंकले यस वर्ष ठूला बैंक मर्जर प्रकिया मालैजाने तयारीसँगै यसमा थप छलफल बढाएको हो। असार अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गरिएपनि पुन एक साता सार्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं,असार २५- बजेट सार्वजनिक भएको दुई/तीन हप्तामा सार्वजनिक गरिने मौद्रिक नीति यस पटक साउन पहिलो साता आउने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा थप बहस बढाएसँगै मौद्रिक नीति ल्याउने तालिका पर सरेको हो।

राष्ट्र बैंकले यस वर्ष ठूला बैंक मर्जर प्रकिया मालैजाने तयारीसँगै यसमा थप छलफल बढाएको हो। असार अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गरिएपनि पुन एक साता सार्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बुधबारसम्म पनि आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको बहस चलाएको छ। यसअघि औपचारिक-अनौपचारिक गरी करिब दर्जनपटक सरोकारवालासँग छलफल गरेको राष्ट्र बैकले बुधबार पूर्व गभर्नरहरूलाई पनि छलफलका लागि डाकेको हो। यस अघिका मौद्रिक नीतिमा पूर्वगभर्नरहरूसँग छलफल गरिँदैन थियो।
 

 


 

More form the Internet

loading...