Suvadin, Home

Cover Image

नेपाल आउने पर्यटकको संख्या २५ प्रतिशतले बढ्यो

खोला सडकमाथिबाटै बगेपछि केही बेर दिउँसो कोशी राजमार्ग अवरुद्ध भएको थियो। सडकमा खोला बग्न थालेपछि कोशी राजमार्गमा गुड्ने सवारीहरू सञ्चालनमा समस्या भएको छ। सवारी अवागमनमै समस्या भएपछि स्काभेटर लगाएर खोला सफाइ गरिँदा केही सहज भए पनि निरन्तरको वर्षा पुनः जारी रहे थप जोखिम बढ्ने इटहरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष भीम पौडेलले बताए ।

काठमाडाै‍, असार २६ - नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१८ मा २५ प्रतिशतले वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरक उडड्यन मन्त्रालयले सार्वजनिक गरेको नेपाल टुरिज्म स्टाटिक्सटिसअनुसार सन् २०१७ को तुलनामा २०१८ मा पर्यटकको संख्यामा २५ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०१८ मा नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक छिमेकी मुलुक भारत र चीनका छन् । सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

सन् २०१८ मा भारतबाट एक लाख ९४ हजार ३ सय २३ र चीनबाट एक लाख ५३ हजार ६ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएको मन्त्रालयको तथ्याङ्क छ । अमेरिकाबाट ९१ हजार ८ सय ९५, बेलायतबाट ६३ हजार ४ सय ६६ र श्रीलंकाबाट ६९ हजार ६ सय ४० पर्यटक नेपाल भित्रिएका छन् ।    

यस्तै, सन् २०१८ मा सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्स मध्ये राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम शीर्ष स्थानमा रहेको छ । 

 

 


 

More form the Internet

loading...