Suvadin, Home

महुली सामुदायिक लघुवित्तको ९ हजार ४५३ कित्ता शेयरमा लिलामी खुल्यो

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो। 

काठमाडौं,२ फागुन-महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयरमा आज (फागुन) २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला भएको छ। 

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो। 

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकका शाखा कार्यालहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेत र महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजारबाट पनि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्तासम्म र न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद फागुन १३ गते दिउँसो ३ बजेसम्म रहेको छ ।

महुलीको शेयर धितोपत्रको दोस्रो बजारमा फागुन १ गते बुधबार प्रतिकित्ता १३७४ रुपैयाँमा कारोबार भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली सामुदायिक लघुवित्तले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ३५ पैसा कायमा गरेको छ।


 

More form the Internet

loading...