Suvadin, Home

सुनको मूल्यले बनायो नयाँ रेकर्ड: तोलाको ७० हजार पुग्यो

बिहीबार सुन तोलामा ७० हजार रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बड्दै ७० हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो। बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो।

काठमाडौं, साउन  २३ - सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बड्दै ७० हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो। 

बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो।  भारत र पाकिस्तान तनावले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। दुई देशको तनावले भारतीय रुपैयाँ कमजोर हुँदै जाँदा डलर मजबुत भएको छ। डलर मजबुत हुँदा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।  

अमेरिका र चीनको व्यापार युद्धले अन्तर्राष्ट्रिय लगानीकर्ता सुनमा केन्द्रित हुँदा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यसमा अमेरिका र इरानबीचको तनावलेसमेत टेवा पुर्याएको छ ।  चीनको केन्द्रीय बैंकले सुनको संचितीलाई प्राथमिकता दिन सुरु गरेको छ । 

एक सातामा करिब साढे चार हजार रुपैयाँले सुनको मूल्य बढेपछि सुनको कारोबार भने ठप्प जस्तै भएको छ । तीजको मौसममा सुनको मूल्य बढ्दा व्यवसायी चनावमा देखिएका छन् ।  यसले व्यवसायी चिन्तित बनेका छन् । लगातार मूल्य बढेपछि बजारमा माग ह्वातै घटेको व्यवसायीको भनाइ छ । 


 


 

More form the Internet

loading...