Suvadin, Home

Cover Image

सुनकाे मूल्य वृद्धिले कारोबार न्यून्, तीजमा माग आउँछ कि भन्ने आशामा व्यवसायीहरू   

उनका अनुसार अहिले दैनिक १० किलो सुन मात्रै कारोबार हुने गरेको छ । गतवर्ष यहि समयमा २० देखि २५ किलो सुनको कारोबार हुने गरेको अध्यक्ष सुनारले शुभदिनलाई जानकारी दिए । सुनको मूल्य बढेसँगै उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पारेको उनको भनाई छ । मूल्य लगातार बढ्दै गएपछि पछिल्लो समय सुनमा लगानीकर्ता भने आकर्षित हुँदै गएका सुनारले बताए । 

काठमाडाै‌, साउन २९- पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै जाँदा त्यसको असर नेपालीबजारमा पनि परेको प्रस्टै देखिन्छ । सधैंजसो ग्राहकको भीडभाड हुने न्युरोडका सुन पसल यतिबेला सुनसान अवस्थामा छन् ।

सुनको मूल्य अत्यधिक बढेपछि सुन किन्ने ग्राहक घट्दै गएकाले कारोबार अत्यन्त कम भएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहकको भीडभाड धेरै हुनेको छ ।  बजारमा बिक्री छैन, खरिदमात्र भइरहेको छ, जसले गर्दा व्यवसायीसँग पर्याप्त मात्रामा सुन स्टक छ । तीजमा माग आउँछ कि भन्ने आशामा बसेका छन् व्यवसायीहरू । 

मंगलबार सुन हालसम्मकै उच्चदरमा किनबेच भयो । मंगलबार सुन ७१ हजारमा किनबेच भएको थियो । बुधबार ७० हजार ३ सयमा किनबेच भएको छ । यो मंगलबारको तुलनामा ७ सयले घटी हो । तथापी सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष राम कुमार सुनारले शुभदिनलाई बताए । 

तीज नजिकिदै गर्दा भाउ अझै बढ्न सक्ने उनको तर्क छ । यसले सुन व्यवसायीलाई भने घाटा हुने बताए । उनले भने, 'सुन बेच्नेको भिँड छ । तर खरिद गर्ने मुस्किलले आउँछन् । अर्थात आउँदैनन् भन्दा नि हुन्छ ।'  

उनका अनुसार अहिले दैनिक १० किलो सुन मात्रै कारोबार हुने गरेको छ । गतवर्ष यहि समयमा २० देखि २५ किलो सुनको कारोबार हुने गरेको अध्यक्ष सुनारले शुभदिनलाई जानकारी दिए । सुनको मूल्य बढेसँगै उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पारेको उनको भनाई छ । मूल्य लगातार बढ्दै गएपछि पछिल्लो समय सुनमा लगानीकर्ता भने आकर्षित हुँदै गएका सुनारले बताए । 

उसो त, मूल्य बढेपछि उपभोक्तालाई थोरै सुन किनेर काम चलाउनुपरेको छ भने व्यवसायीलाई कारोबार नै कम भएपछि प्रत्यक्ष असर परिरहेको छ । लामो समयसम्म मूल्य बढेको बढ्यै भयो भने व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै कठिन हुने देखिन्छ । मूल्य बढेपछि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आएका छन् । सामान स्टक भयो भने व्यवसायीलाई फाइदा हुने गर्छ तर कारोबार नै कम भएपछि त्यति धेरै फाइदा हुँदैन । बरु कम मूल्य भएर बिक्री बढ्यो भने व्यवसायीलाई फाइदा हुन्छ, तर मूल्य बढेर बिक्री बढेन भने व्यवसायीलाई फाइदा हुँदैन । व्यवसायीलाई सुन किन्ने कि के गर्ने भन्ने दोधार भएको छ । 

अन्तर्राष्ट्रिय बजारका कारणले सुनको मूल्य आकासिएको व्यवसायीको तर्क छ । व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर अहिले प्रतिऔंस १५ सय डलर पुगेको छ । विज्ञहरूले समेत सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् ।


 


 

More form the Internet

loading...