Suvadin, Home
सुनको भाउ आज तोलामा ४ सय बढेको छ । बुधबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज  ७० हजार ६ सय पुगेको छ ।

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय बढेको छ । बुधबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज  ७० हजार ६ सय पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ६ सय निर्धारण गरिएको जनाएको छ ।

केही महिना यता सुनको मूल्यमा तलमाथि हुँदै आएको छ । केही महिना अघि सुनको भाउ बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो । पछिल्ला दिनमा भने सुनको मूल्य घट्दो क्रममा छ ।


 

More form the Internet

loading...