Suvadin, Home
Citizen Bank 421.7k

Cover Image

शिवम् सिमेन्टको आईपिओ खुल्यो

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन्।

काठमाडौं,६ फागुन- शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको छ। जसमा सामुहिक लगानी कोषहरु र शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार कित्ता र मकबानपुरबासिका लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री खुला भएको हो।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था छ।

शिवमले यसअघि तोकेको प्रिमियम घटाएर सर्वसाधारण र स्थानीयका लागि आईपिओ निष्काशन खुला गरेको हो। सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले शेयर निष्काशन गरेको हो।

कम्पनीको आईपिओ आवश्यक माग परेमा छिटोमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ।


 

More form the Internet

loading...