Suvadin, Home

शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ लाख ६० हजार २५० कित्ताको लागि आवदेन परेको छ। साथै प्रभावित क्षेत्रबाट ८१४ आवेदकले तीन लाख ८२ हजार २८० कित्ताको लागि आवदेन दिएका छन्।

काठमाडौं,१४ फागुन- शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि बिक्री बन्द हुने भएको छ। कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ।

कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ लाख ६० हजार २५० कित्ताको लागि आवदेन परेको छ। साथै प्रभावित क्षेत्रबाट ८१४ आवेदकले तीन लाख ८२ हजार २८० कित्ताको लागि आवदेन दिएका छन्।

सर्वसाधारणतर्फ मागभन्दा १७.९७ प्रतिशत बढी आवदेन परेको छ भने प्रभावित क्षेत्रबाट ६५.९५ प्रतिशतको लागि मात्रै आवदेन परेको छ। सर्वसाधारण र प्रभावितसहित जम्मा निष्कासनका आधारमा भने माग भन्दा ११.५६ प्रतिशत बढि आवदेन परेको हो।

कम्पनीले प्रभावित क्षेत्रमा नबिकेको शेयर सर्वसाधारणहरुलाई बाँडफाँड गर्ने योजना बनाएको छ। प्रभावित क्षेत्रमा दोस्रो पटक सार्वजनिक निष्काशन गरिएको हुँदा नबिकेको शेयर सर्वसाधारणले पाउने छन्।

कम्पनीले फागुन ६ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता ३०० रुपैयाँको दरमा र प्रभावित क्षेत्रका लागि प्रति कित्ता २०० रुपैयाँको दरमा सार्वजनिक शेयर निष्कासन गरेको छ।

 


 

More form the Internet

loading...