Suvadin, Home

प्रहरी हस्तक्षेपमा धितोपत्र बोर्डमा लगाएको ताला खोलियो

काठमाडौं, चैत १० -  नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगाइएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । ताला लगाएर धर्नामा बसेका सेयर लगानीकर्तालाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

बोर्डको मूख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर हटाएको हो । उनीहरुले पूँजी बजार सुधार र विस्तारका लागि आफूहरुले राखेका ३२ बुँदे मागको कुनै सुनुवाइ नभएको भन्दै धर्ना दिएका थिए ।

धर्नाकारी लगानीकर्तालाई लखेटेपछि प्रहरीले कार्यालयमा लगाएको ताला तोडेर खुलाएको थियो । लगानीकर्ताले ताला लगाउत कार्यालय खुल्नुअघि नै पुगेका थिए । धर्नाकारीले ताला लगाएपछि बोर्डका ३० भन्दा बढी कर्मचारीले भित्र प्रवेश पाएका थिएनन् ।

शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो । बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैरजिम्मेवार भएको आरोप दबाब समूहको छ । यसअघि दबाब समूहले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको थियो ।

 


 

More form the Internet

loading...