Suvadin, Home

नेपाल र जापानबीच श्रम सम्झौता, कोरियन मोडलमा नै कामदार लैजाने 

काठमाडौं, चैत्र ११ - नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ । सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।  

अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ । भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने छ ।  जापानले कोरियन मोडलमा नै कामदार लैजाने छ । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने छ ।

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन् । 

विगतमा जापानका रोजगारदाताले फाटफुट रूपमा नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गर्थे भने कतिपय विद्यार्थी र पर्यटक भिसामा जापान पुगेकाहरूले उतै काम गर्थे ।  जापानले कामदार आपूर्तिकर्ता मुलुकको रूपमा नेपाललाई पहिलोपटक राखेको हो । 

 

 


 

More form the Internet

loading...