Suvadin, Home

जलविद्युत क्षेत्रमा लगानी गर्नुस् : घिसिङ

काठमाडौं,चैत्र १५-  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालको विद्युतमा वैदेशिक लगानी आउन सक्ने व्यापक क्षेत्र भएको बताएका छन् ।  नेपालको बजारमा भरपर्दो जलविद्युत उत्पादन र नाफाको क्षेत्र विद्यमान रहेको भन्दै घिसिङले सबैका लागि यसमा लगानी गर्न आग्रह गरे । 

हाइड्रोपावर र विद्युतका अन्य क्षेत्रमा लगानी गर्न नेपालले विभिन्न दरसमेत कायम गर्दै आएको छ । विदेशी लगानी आकर्षित गर्न समेत नेपालले डलरमा पिपिए गर्नेदेखि विभिन्न योजना ल्याएको उनले बताए।

नेपालमा जलाशय र आरओआर ( रन अफ रिभर) का आयोजना बनाउन सक्ने उनले बताए। हालसम्म सिधा खोलाका हाइड्रोपावर बनाउने क्षेत्रमा निजी लगानी आएको तर जलायशयुक्त क्षेत्रमा अब लगानी हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘विदेशी लगानीका लागि विद्युत खरिद सम्झौता डलरमा नै गर्न थालिसकेका छौं,’ उनले भने, ‘विदेशी लगानी सुरक्षणका लागि हेजिङ फन्ड लागू गरिसकेका छौं। त्यसैले अब विदेशी लगानी ढुक्क रुपमा गर्न सक्ने वातावरण रहेको छ ।’


 

More form the Internet

loading...