Suvadin, Home

Cover Image

यस्ताे छ टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं चैत्र २९ - नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले आज विज्ञप्ति जारी गर्दै नयाँ अफर बारे जानकारी गराएको हो । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ ।  

सो प्याक मार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ । सो प्याकको अवधि खरिद गरे पश्चात ५ दिनसम्म रहने छ ।

सो प्याकको समयावधि भोलि देखि २०७६ बैशाख २ गतेसम्म रहने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।

 

 

 

 


 

More form the Internet

loading...