Suvadin, Home

सीएमसीले १८ करोडभन्दा बढी कर नतिरी भागेको खुलासा, संकटमा मेलम्ची

इटालियन कम्पनी सीएमसी कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेरै भागेको खुलासा भएको हो । 

काठमाडौं । इटालियन कम्पनी सीएमसी कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेरै भागेको खुलासा भएको हो । 

ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम शर्माले बताए । यो आय कर र मूल्य अभिवेद्धि कर (भ्याट) हो । त्यसपछिका वर्षको भने कर निर्धारण हुनै बाँकी छ । कम्पनी नै भागेका कारण अब कर असुल्न गाह्रो पर्ने अधिकारीहरु बताउँछन् ।

सीएमसी भागेपछि कार्यालयले मेलम्ची खानेपानी विकास समितिलाई पत्र लेख्दै उसका नाममा कुनै बैंक खाता र जमानत भए रोक्का राख्न पत्राचार गरेको छ । तर, उसको नाममा कतै बैंक खाता रहे/नरहेको बारे ठूला करदाता कार्यालय जानकार छैन ।

सीएमसीलाई पनि पत्र लेख्दै कार्यालयले १५ दिनभित्र कर दाखिला गर्न आग्रह गरेको छ । तर, सीएमसीले अहिलेसम्म त्यसको जवाफ पनि फर्काएको छैन ।

कार्यालयले कर निर्धारण चित्त नबुझे आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी बीचमै काम छाडेर भागेको थियो ।

सरकारले सीएमसीले ठेक्का जमानतबापत राखेको २ अर्ब ५६ करोड आफ्नो खातामा ल्याएको छ । कम्पनी वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो ।

हाल मेलम्ची खानेपानी आयोजनामा काम ठप्प छ । सीएमसीले पुस २ गते कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेको पत्र दिँदै साइट छाडेको थियो । त्यसपछि सरकारले नै ठेक्का तोडेको थियो ।


 

More form the Internet

loading...