Suvadin, Home

चन्द्रागिरीमा बनेका संरचना अवैध

तर, चन्द्रागिरी हिल्स प्रालिले एकैपटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। तर, रिसोर्टको संरचना निर्माण गर्दा भने व्यवसायी ढकालले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर निर्माण गर्दा स्तर वर्गीकरण हुन नसकेको घिमिरे बताउँछन्। विभागले आवश्यक प्रत्रिया पूरा नगरेसम्म रिर्सोटको स्तर वर्गीकरण पनि गर्न नसक्ने उनले प्रष्ट पारे।

काठमाडौं,बैशाख १५ - व्यवसायी चन्द्रप्रसाद ढकालको अगुवाइमा चन्द्रागिरीमा निर्माण गरिएको रिसोर्टको संरचना अवैधानिक भएको ठहर गरेको छ। सरकारी अध्ययन टोलीको स्थलगत अनुगमनपछि तयार पारेको रिर्पोटमा रिसोर्टको संरचना निर्माण अवैधानिक भएको उल्लेख छ।

चन्द्रागिरीमा बन्दै गरेको रिसोर्ट स्तर वर्गीकरणका लागि चन्द्रागिरी हिल्स प्रालिले पर्यटन विभागमा निवेदन दिएको थियो। सोही निवेदनको आधारमा विभागले संरचनाको स्थलगत अध्ययन गरको थियो।

स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले बताए।

विभागले स्वीकृत प्रतिवेदनअनुसार संरचना निर्माण भएको अवस्थमा मात्रै रिर्सोट वर्गिकरण गर्ने उनको भनाइ छ। तर, इआइए प्रतिवेदन भन्दा बाहिर गएर संरचना निर्मााण भएको अवस्थामा हामीले केही गर्न नसक्ने उनको भनाइ छ।

प्रतिवेदन भन्दा बाहिर निर्माण भएका संरचनाको विषयमा  कारबाही गर्ने, इआइए अपग्रेड गराउने वा संरचना नै भत्काउने जस्तो विषय भने वातावरण मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेको घिमिरे बताउँछन्।

तर, चन्द्रागिरी हिल्स प्रालिले एकैपटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। तर, रिसोर्टको संरचना निर्माण गर्दा भने व्यवसायी ढकालले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर निर्माण गर्दा स्तर वर्गीकरण हुन नसकेको घिमिरे बताउँछन्। विभागले आवश्यक प्रत्रिया पूरा नगरेसम्म रिर्सोटको स्तर वर्गीकरण पनि गर्न नसक्ने उनले प्रष्ट पारे।

इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर काम गर्ने व्यक्ति वा संस्थालाई 'वातावरण संरक्षण ऐन २०५३ु को दफा १८ मा दण्ड तथा जरिवानाको व्यवस्था गरिएको छ।

 

 


 

More form the Internet

loading...