Suvadin, Home
Citizen Bank 438.3k

Cover Image

लगानीअघि उद्यमी र लगानीकर्ताले हेर्नु पर्ने जोखिमहरु

कुनै पनि लगानी जोखिम बीनाको हुन सक्दैन तर लगानीका क्षेत्र अनुसार जोखिमको भार कम वा धेरै हुने गर्छ। नाफाको सिद्धान्तले जति धेरै जोखिम उठाउन सकियो त्यती नै धेरै नाफा आर्जन गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। जोखिमहरु हरेक कुराहरुमा कहि न कहि देखिलुकि बसेका हुनछन्।

काभ्रे, २४ पुस - लगानी भन्नाले आफुले गरेको कमाईको त्यो अंश हो जुन आफ्नो खर्च कटाएर बचत भएको रकम जसलाई भविष्यमा लाभ प्राप्तिको उदेश्यका लागी जोखिम मोल्दै कुनै क्षेत्रमा लगाउनु हो। यसरी कुनै पनि व्यक्तिले गरेको कमाईबाट बचेको अंशलाई लगानी गरि केहि प्रतिफल पाउन बिभिन्न जोखिमहरुलाई केलाई कम जोखिमबाट धैरै प्रतिफल पाउन लगानी गर्ने गर्नुपर्छ।

कुनै पनि लगानी जोखिम बीनाको हुनसक्दैन तर लगानीका क्षेत्र अनुसार जोखिमको भार कम वा धेरै हुने गर्छ। नाफाको सिद्धान्तले जति धेरै जोखिम उठाउन सकियो त्यती नै धेरै नाफा आर्जन गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। जोखिमहरु हरेक कुराहरुमा कहि न कहि देखिलुकि बसेका हुन्छन्। सामान्यता लगानीमा हुने जोखिमहरु यस प्रकार रहेका छन् :

क). संस्थागत प्रकृति र व्यापार उदेश्यमा हुने जोखिम  

संस्थागत प्रकृति भन्नाने लगानी गर्न खाेजिएको संस्थाको प्रकृति वा व्यावसाय प्रकृति हो। संस्थागत  प्रकृति र संस्थाले लिएका उदेश्यहरुले जोखिमको भार संस्था अनुरुप फरकफरक रहेका हुन्छन्। उदाहरणका लागी बैंक तथा बितिय संस्थाहरुको जोखिमभन्दा बीमा क्षेत्रको जोखिम धेरै हुन्छ।

बीमा क्षेत्रले समग्र अर्थतन्त्रको जोखिमलाई सुरक्षण गर्नु पर्ने हुन्छ भने बैंक तथा बितिय संस्थाले आफ्ना निक्षेपकर्ताको निक्षेप र लगानीकर्ताको लगानीको सुरक्षा गरि राम्रो सेवा तथा प्रतिफल दिएपुग्छ। यस्ता जोखिम धेरै भएका संस्थाहरुमा धेरै जोखिम उठाई धेरै नाफा वा प्रतिफल चाहने लगानीकर्ताको संलग्नता धेरै हुन्छ।

ख.) ब्याजदर जोखिम 

ब्याजदर भन्नाले कुनै पनि पुँजिले पाउने प्रतिफल हो। कुनै पुँजि ऋणको स्वरुप लेनदेन गर्दा पुजिँले आफ्नो संलग्नता वापत पाउने दर नै ब्याजदर हो। यदी संस्थाले पुँजि व्यावस्थापन गर्दा ऋणपत्र जारि गरि वा कुनै वितिय संस्थासंग धितो बन्धक राखि ब्याजमा पुजिँ जुटाएको छ भने त्यो ब्याजदर भन्दा कम दरमा प्रतिफल आयो भने त्यहाँ ब्याजदर जोखिमको भार धेरै रहेको भन्न सकिन्छ। यस्तो महङ्गो ब्याजदरमा ऋण पुँजि लिई व्यावसाय सञ्चालन गर्न घातक हुनसक्छ।

ग.) सञ्चालन जोखिम 

व्यावसायको सञ्चालन गर्ने तौरतरिका पनि व्यावसायको एकतर्फ जोखिम र अर्कोतर्फ प्रतिस्पर्धात्मक फाईदाको औजार साबित हुन्छ। संस्थाको संस्कार, अधिकार प्रत्यायाेजन, संरचना, निर्णय निर्माण प्रकिया आदी सञ्चालन जोखिमका प्रभाव पार्ने तत्व हुन। बिशेषगरि बिभिन्न स्रोतमा पहुँच कायम गरि नयाँ उठान भएका बिषयहरु र समस्याहरुको शिघ्र गहिराईसम्म अध्ययन गरि  परिपक्क निर्णय लिने संस्थाहरुमा सञ्चालन जोखिमको भार कम हुने गर्छ।

घ.) बजार जोखिम 

बजार त्यो क्षेत्र हो जहाँ संस्थाले उत्पादन गरेका बस्तु तथा सेवाहरुको उपभोक्ताहरुबिच जानकारी गराई, प्रबर्द्धन, बिक्रि गरि मौद्रिक मुल्यको सिर्जना गर्दछन्। बजारलाई बिभिन्न आधारहरुमा खण्डिकरकण गरिन्छ र आफ्नो संस्थाको उदेश्य रणनीतिबमोजिम बजारिकरण गर्ने गरिन्छ। सफल हुन संस्थाको बजार नीति बजारमैत्री र उपभोक्ता मैत्री हुन आवश्यक छ। बजारशास्त्र मिश्रणका 7PS  हरुलाई सन्तुलित राख्ने संस्थाहरुमा बजार जोखिमको भार कम रहेको हुन्छ।

ङ.) सामाजिक, राजनैतिक र कानुनी जोखिम 

सामाजिक, राजनीति र कानुनी प्राबधानहरु आफैमा संस्थाका लागि अवसर र जोखिम दुबै हुन्। सामाजिक परिबेश, चालचलन, भेषभुषा, संस्कृती, जनसंख्या, भु-गोल सामजिक वातावरण अन्तर्गतका जोखिम तत्व हुन् भने राजनैतिक जोखिमभित्र राजनैतिक पार्टी, राजनैती प्रक्रिया, सरकारी निती आदि पर्दछन्। खुल्ला अर्थतन्त्र वा कोटा निर्धारित अर्थतन्त्र जस्ता तत्वहरुले लगानीको जोखिमलाई निर्धारण गर्दछन्। व्यापारलाई सुव्यवस्थित चुस्त दुरुस्त र पार्दर्शि बनाउन निर्माण हुने ऐन तथा कानुनहरु पनि व्यावसायमा हुने लगानीका लागी जोखिम ठहरिन सक्छन् यस्ता ऐन, कानुन, निर्देशनहरु आदी अनुकुल व्यावसाय गर्ने संस्थामा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ।

च.) मुद्रास्फिति जोखिम 

सामान्यता मुद्राको अवमुल्यांकन हुनु नै मुद्रास्फिति हो। मुल्य बृद्धिदरले मुद्रास्फिति दरलाई प्रत्यक्ष सम्बन्ध राख्दछ। धैरे रकमको मुद्राले पनि थोरै मात्र बस्तु तथा सेवा खरिद गर्नु सक्नु नै मुद्रास्फितिको बिशेषता हो। यसरी लामो समयको उदेश्य राखि सञ्चालन भएका संस्थाहरुको उदेश्य प्राप्ती भए तापनि वर्तमान मुल्य प्राप्त भएको मौद्रिक मुल्य कम हुन आउने हुदाँ मुद्रास्फिति दरलाई ध्यानमा राखि जोखिमलाई न्युनिकरण गर्न सकिन्छ।

छ.) तरलता जोखिम 

संस्थालाई कुनै पनि संस्थाले आफुलाई आवश्यक मात्रामा व्यवस्थापन गरि राख्न जरुरि हुन्छ अन्यथा तरलताको अभावमा संस्थाले अवसरहरु गुमाई पर्तिस्पर्धात्मक फाईदा उठाउनबाट बञ्चित हुन तथा दैनिक कारोबारलाई सरल गति प्रदान गर्न नसक्ने हुन सक्छ। तसर्थ लगानीकर्ताले पर्याप्त मात्रामा तरलता भएका संस्थामा लगानी गर्दा जोखिम न्युनिकरण हुन्छ।

 


 

More form the Internet

loading...