Suvadin, Home

Cover Image

धुलोको स्रोत कम गर्न यस्ताे विकल्प खोजिदै
नियमित ब्रुमर चलाउँदा पनि घटेन महानगरको धुलो

प्रदूषणबाट आजित बनेका महानगरवासीलाई ब्रुमर चलाएर राहत दिने प्रयास गरेको महानगर अहिले ब्रुमर चलाएर मात्रै नहुने रहेछ भन्ने निष्कर्षमा पुगेको छ ।

काठमाडाैं, बैशाख २९ - चैतबाट महानगरले राजधानीका सडक सफा गर्न नियमितरूपमा ब्रुमर सञ्चालन गरिरहेको छ । तर, सडकमा धुलोको मात्रा कम भएको छैन । ब्रुमर सञ्चालन गर्नुअघि महानगरले ८० प्रतिशत धुलो कम हुने बताउँदै आएको थियो ।

दुई दिनअघि बढारेको सडकमा पुनः धुलो उस्तै हुने गरेको छ । ‘कच्ची सडक हुँदै प्रवेश गर्ने गाडीले धुलो भित्र्याउने गरेका छन्,’ प्रवक्ता ईश्वरमान डंगोलले भने ‘हामीले ब्रुमर चलाइरहे पनि धुलो हट्न सकेको छैन ।’ डंगोलले सडकको नाली सफा गर्न सडक विभागसँग आग्रह गरिएको समेत बताए । 

धुलोको स्रोत कम गर्ने उपाय खोजिँदै

प्रदूषणबाट आजित बनेका महानगरवासीलाई ब्रुमर चलाएर राहत दिने प्रयास गरेको महानगर अहिले ब्रुमर चलाएर मात्रै नहुने रहेछ भन्ने निष्कर्षमा पुगेको छ । ‘ब्रुमर सञ्चालनसँगै धुलोको स्रोत कम गर्नुपर्ने रहेछ । अब हामी त्यता केन्द्रित हुन्छौँ,’ डंगोलले भने ।

प्रवक्ता डंगोलका अनुसार महानगरले पुनर्निर्माण प्राधिकरण, ठेकेदार कम्पनीलगायतलाई हिलो मुख्य सडकमा आउनबाट रोक्न आग्रह गरेको छ ।

 


 

More form the Internet

loading...