Suvadin, Home

Cover Image

नेप्सेमा ३ अंकको सुधार, ८४ करोडको कारोबार

आज बजार १ सय ७१ कम्पनीका २६ लाख ७० हजार १ सय ४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३ सय २६ रुपैयाँमा किनबेच भए । नेप्से बढेको दिन ११ उपसूचकमध्य होटल, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमुलक समूह उकालो लागेका छन् भने बाँकी ६ समूह ओरालो लागेका छन् । 

काठमाडाैं, बैशाख २९ - साताको पहिलो दिन सेयर बजारमा केही सुधार देखिएको छ । आइतबार नेप्से बजारमा ३ अंकले सुधार आएको हो ।  शून्य दशमलव २४ प्रतिशतले उकालो लागेको नेप्से १ हजार २ सय ९५ पुगेको छ । नेप्से बढेको दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १८ बाट बढेर २ सय ७७ दशमलव शून्य तीन पुगेको छ।

आज बजार १ सय ७१ कम्पनीका २६ लाख ७० हजार १ सय ४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३ सय २६ रुपैयाँमा किनबेच भए । नेप्से बढेको दिन ११ उपसूचकमध्य होटल, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमुलक समूह उकालो लागेका छन् भने बाँकी ६ समूह ओरालो लागेका छन् । 

त्यस्तै होटल समूह ५ दशमलव शून्य १ प्रतिशत, फाइनान्स शून्य दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमा १ दशमलव ३ प्रतिशत र उत्पादनमुलक समूह ४ दशमलव १५ प्रतिशतले उकालो लागेको छन । त्यस्तै, ओरालो लाग्नेमा म्युचुअल समूह रहेको छ । समूहको सेयर शून्य दशमलव ८१ प्रतिशतले ओरालो लाग्यो । 

नेप्से बढेको दिन सानीमा बैंकको सबैभन्दा धेरै, १६ अर्ब ४५ करोड ८१ लाख ६८ हजार ३ सय ५० रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै शिभम् सिमेन्ट कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाए । नेप्से बढेको दिन सबैभन्दा धेरै गुमाउनेमा सूर्योदय लघुवित्त वित्तीयसंस्था रहेको छ । संस्थाले ७ दशमलव २६ प्रतिशतले गुमायो । 


 

More form the Internet

loading...