Suvadin, Home

जेठ १५ मा पूर्ण अाकारकाे बजेट : अर्थमन्त्री

सरकारले जेठ १५ गते कामचलाउ बजेट ल्याउने खबर सार्वजनिक भइरहदा उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले  पूर्ण आकारको बजेट आउने बताएका छन्।
अर्थमन्त्री कृष्णबहादुर महरा।

काठमाडाैं, जेठ ८–सरकारले जेठ १५ गते कामचलाउ बजेट ल्याउने खबर सार्वजनिक भइरहदा उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले  पूर्ण आकारको बजेट आउने बताएका छन्।

यद्यपी, निर्वाचन आचारसंहिता बिपरीत हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने अर्थमन्त्री महराले बताए।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा महराले राजनीतिक सहमतिकै आधारमा बजेट पूर्ण आकारमै ल्याउने तयारी भइरहेको जानकारी दिए।

अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन, राष्ट्रिय महत्वका आयोजनाहरुलाई निरन्तरता दिने पनि बताए।उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउन पनि बजेटले प्राथमिकता दिने बताए। 


 

More form the Internet

loading...