Suvadin, Home

एनसेलले ल्यायो ‘एकमा दुई अफर’,

मंसिर ५, २०७२, काठमाडौं ।

देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । 

यो योजना सोमबार (मंसिर ६, २०७३) बाट लागु हुनेछ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११ मा ११ मिनेट टक टाईम भएको  दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् जुन २४ घण्टाको लागि मान्य हुनेछ । 

साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले रु ६० मा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले रु २०० मा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाईस प्याकका मुल्यहरु कर सहितका हुन् ।

ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि  ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५  थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् । 

त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् । 

‘‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मुल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको छ ।’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । 

एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाईस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क  रु २.५०  (कर सहित) प्रति मिनट लाग्ने छ ।
 


 

More form the Internet

loading...