Suvadin, Home

विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको हो। स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन्। 

काठमाडौं, वैशाख ३ – उद्योग विभागमा चालू आर्थिक वर्षको ८ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन्।

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको हो। स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन्। 

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन्। रु १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १ सय ९४ उद्योगबाट रु ३४ अर्ब ९१ करोड सात लाख बराबरको लगानी भित्र्याएको छ। विभागमा हालसम्म झण्डै सात हजार ५ सय उद्योग दर्ता भएका छन्। 

विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताएका छन्। 'अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ,' उनी भन्छन्।


 

More form the Internet

loading...