Suvadin, Home

आशा लघुवित्तको आइपिओ माघ १८ देखि

प्राथमिक शेयरको लागि न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३७० कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ।

काठमाडौं,१० माघ-आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।

संस्थाले जम्मा निष्कासनको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ६ लाख २९ हजार ९७० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्कासन गर्नेछ।

प्राथमिक शेयरको लागि न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३७० कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ।

संस्थाले छिटोमा माघ २२ गते र पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणको लागि ढिलोमा फागुन १९ गतेसम्म निष्कासन गर्ने जनाएको छ।

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।


 

More form the Internet

loading...