Suvadin, Home

अन्तरराष्ट्रिय कृषि प्रदर्शनी सुरु

कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले पहिलो पटक बृहत अन्तरराष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ। शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजारदेखि नयाँ कृषि प्रविधि राखिएको छ।
कृषि प्रदर्शनीमा राखिएकाे एक स्टल । तस्विरः रोशन सापकोटा/रासस

काठमाडौं, फागुन ६


कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले पहिलो पटक बृहत अन्तरराष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ।

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजारदेखि नयाँ कृषि प्रविधि राखिएको छ।

मिडिया स्पेश सोलुसन प्रालि, कृषि मेसिनरी व्यवसायी संघ र भारतको फ्युचरेक्स समूहको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा कृषिसँग सम्बन्धित विभिन्न दुई सय वटा स्टल छन्।

प्रदर्शनीमा नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका कृषिजन्य प्रविधिको अवलोकन गर्न सकिनेछ।

आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग सम्बन्धी प्रविधिका स्टल राखिएको छ।

प्रदर्शनीको कृषिमन्त्री गौरीशंकर चौधरीले उद्घाटन गरेका छन्। नेपालको परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन प्रदर्शनी सार्थक हुने अपेक्षा गरिएको छ।


 

More form the Internet

loading...