Suvadin, Home
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भरतपुर विमानस्थलको स्तरोन्‍नतीको प्रकृया अगाडि बढाएको छ । 

काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भरतपुर विमानस्थलको स्तरोन्‍नतीको प्रकृया अगाडि बढाएको छ । 

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा एक समिति गठन गरी विमानस्थलको स्तरोन्नति प्रकृया अगाडि बढाइएको छ । 

विमानस्थलसँगैको सेनाको ब्यारेक रहेकोले त्यसको स्थानान्तरण गर्ने र वरिपरी बनेका अन्य संरचना मापदण्डमा झार्नुपर्ने लगायतका विषयमा समितिले छलफल गर्ने छ । 

पर्यटन मन्त्री योगेश भट्टराइका अनुसार नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको छ ।

नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया सुरु हुने मन्त्री भट्टराईले बताए ।


 

More form the Internet

loading...