Suvadin, Home

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

प्रतिकुल मौसममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहलमा कुनै कमी आएको छैन् । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किरहेका हुन्।

लमजुङ, माघ २६ - प्रतिकुल मौसममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहलमा कुनै कमी आएको छैन् । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किरहेका हुन्।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी  लमजुङ हुँदै अन्नपूर्ण आएका छन्। तथ्यांक अनुसार गत डिसेम्बरमा ६ सय ९८ जना विदेशी आएका थिए। जनवरीमा ३ सय ७१ जना आएका छन्।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राका लागि उपयुक्त समय मानिन्छ। गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म ११ हजार ५ सय ४ जना पर्यटक पदयात्राका लागि आएका थिए।

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिका लगायत देशका पर्यटक आउने गर्छन्। पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ। मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लब, तथा संघसंस्थामा आवद्ध भएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन्।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। रासस


 

More form the Internet

loading...