Suvadin, Home

तिहार र छठका लागि पाँच करोडको स्याउ

हिन्दूहरुको महान पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन्। 
स्याउ।

 मोरङ, असोज २७– हिन्दूहरुको महान पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन्। 

फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आयात गरिएको हो । एक ट्रकमा दुई हजार कार्टुन स्याउ आयात हुन्छ। पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत विक्रेता र तीन हजार खुद्रा पसल छन्। 

पूर्वाञ्चलको बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत विक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ सो अधिकृत विक्रेताले पूर्वाञ्चलका सबै सहरमा बिक्री गर्दै आएको छ। 

भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ खरिद गरेर ल्याएका छन् । भारतको हिमाञ्चल र कास्मिरमा उत्पादित स्याउ भारतको जोगवनी नाका हुँदै विराटनगर भित्रिरहेको हो। चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मनपराउने भएकाले बिक्री पनि बढी हुने गरेको व्यापारीको भनाइ छ। 

विराटनगर–६ स्थित केशलीया रोडमा स्याउको अधिकृत विक्रेता नागेन्द्र टे«डर्सका सञ्चालक नागेन्द्र दासका अनुसार तिहार र छठ पर्वलाई लक्षित गरी पाँच करोडको स्याउ ल्याइएको हो। 
उनले भने, अन्य समयको तुलनामा दशैँ तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी हुनेभएकाले स्याउको आयात बढाएको हुँ।' दासका अनुसार इटहरी, धरान, विर्तामोड, विराटचोक, उर्लाबारी, इनरुवा, जनकपुरजस्ता ठाउँमा दासले नै अधिकृत बिक्री गर्ने डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन्। रासस

 


 

More form the Internet

loading...