Suvadin, Home

Cover Image

तोलामै तीन हजारले घट्यो सुनकाे मूल्य

निरन्तर उकालो लागेको सुनको भाउमा आज भने ठूलो अंकमा गिरावट आएको छ ।

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउमा आज भने ठूलो अंकमा गिरावट आएको छ ।

आज सुनको भाउ तोलामा तीन हजारले घटेको छ । बिहीबार ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासघंले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासघंले जनाएको छ । 

महासघंका अनुसार गत मङ्गलबार तोलाका ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो ।

चाँदीको मूल्यमा पनि ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य ८२० कायम भएको छ ।


 

More form the Internet

loading...