Suvadin, Home
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

काठमाडौं । सुनको भाउ आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको माग बढेपछि भाउ बढ्ने गरेको छ । अहिले चीनमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा नै असर गर्ने देखिएकाले भाउ अनिश्चित बनेको महासंघले जनाएको छ । 

आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।


 

More form the Internet

loading...