Suvadin, Home

लगानीमैत्री कर प्रणाली बनाउँछौं : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री कर प्रणाली बनाउँदै बताएका छन् । आफ्नो उदेश्य धेरै कर उठाउनु मात्र नभएको स्पष्ट पार्दै उनले उक्त कुरा बताएका हुन् ।

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री कर प्रणाली बनाउँदै बताएका छन् । आफ्नो उदेश्य धेरै कर उठाउनु मात्र नभएको स्पष्ट पार्दै उनले उक्त कुरा बताएका हुन् ।

भ्याट फिर्ता योजनाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफ्नो प्राथमिकतामा कर प्रणालीलाई व्यवसायमैत्री र लगानीमैत्री बनाउनु रहेको बताए ।

कर तिर्न तीन जिल्ला पार गर्नुपर्ने अवस्थाको अन्तय गर्ने उनको भनाई थियो । कर प्रणालीलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेकाले त्यस तर्फ पनि आफ्नो ध्यान केन्द्रीत रहेको उनले जनाए । 

उनले करमा सहभागी बढाउन प्रोत्साहनस्वरुप भ्याट फिर्ता योजना सुरू गरेको बताए । 'हामी मुअ करलाई प्रभावकारी बनाउन करदातालाई प्रोत्साहन गर्न खाज्दै छौं,' अर्थमन्त्री खतिवडाले भने, 'सबैको सहयोगमा कर प्रणालीमा सुधार आइरहेको छ । अनलाइन बिलिङ, भीसीटीएसलगायत व्यवस्थाले कर प्रणालीमा धेरै सुधार गरेको छ । कर प्रणाली व्यवसायमैत्री, लगानी मैत्री बन्दै छ ।'
 


 

More form the Internet

loading...