Suvadin, Home

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बी अस्पताल प्रालिबीच नगद रहित सेवा सम्झौता

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बी अस्पाताल प्रालिबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ।

काठमाडाैं, २७ वैशाख – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बी अस्पताल प्रालिबीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रेस विज्ञप्ती जारी गरी घोषणा गरेको छ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बी अस्पाताल प्रालिबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ।

यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्यहरु विस्तार गर्दै जाने विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बी अस्पताल प्रालिका तर्फबाट उप निर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गरेका छन्।


 

More form the Internet

loading...