Suvadin, Home

टेलिकमबाट  पनि ‘ब्यालेन्स लोन’

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ। टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते भएकाे सो सम्झौता  मंगलबार सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

काठमाडौं, चैत १५- नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ। टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते भएकाे सो सम्झौता  मंगलबार सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ। 

उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। 
सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ। सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ। रासस
 


 

More form the Internet

loading...