Suvadin, Home

नेपाल राष्ट्र बैंकद्धारा १० अर्ब ८० करोड निष्काशन
ट्रेजरी बिल के हो?

केन्द्रीय बैंकले ९१ दिनका लागि साढे २ अर्ब रुपैयाँ, ८ अर्ब ३० करोड एक वर्षका लागि निष्कासन गर्न लागेको छ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ।
नेपाल राष्ट्र बैंक

काठमाडौं, जेठ २९–नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। १० अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको हो।


केन्द्रीय बैंकले ९१ दिनका लागि साढे २ अर्ब रुपैयाँ, ८ अर्ब ३० करोड एक वर्षका लागि निष्कासन गर्न लागेको छ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ। 

जेठ २९ गते सोमवार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको निष्काशन जेठ ३० गते मंगलबार गरिने राष्ट्र बैंकले जनाएको छ। ९१ दिने ट्रेजरीको अवधि आउँदो भदौ २७ गते र एक वर्षेको आगामी वर्ष जेठ २९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ ,‘ख’,र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ।


 

More form the Internet

loading...