Suvadin, Home

टिकाको दिन पनि खुल्ने छन् वाणिज्य बैंकका यी दुई शाखा 

काठमाडौं । दसैं बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुलै छन् । बैंकले ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै २२ शाखाबाट सेवा दिइरहेको छ। बैंकले दसैंको टिकाको दिन पनि दुई शाखाबाट सेवा दिने जनाएको छ ।

दसैं बिमादा दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

काठमाडौं उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन् ।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीका दिन पनि खुल्ला रहने बैंकले जनाएको छ । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ ।


 

More form the Internet

loading...