Suvadin, Home

अब ठूलो रकम भुक्तानी गर्न चेक नचाहिने

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेर चेक बिनै ठूलो रकम भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको छ । 

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेर चेक बिनै ठूलो रकम भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको छ । 

नेपालका बैंकमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो । अन्य देशमा भने यस्तो प्रणाली निकै पहिले नै बिकास भइसकेको थियो ।

यो प्रणाली नेपालका सबै बैंकमा पूर्णरुपमा सुचारु भएको राष्ट्र बैंकले जनाएको छ । यो प्रणाली लागु भएसँगै अब पैसा निकाल्न चेक काट्नु पर्ने छैन ।

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक चाहिने छैन । मिश्रका अनुसार राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको हो ।

बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो । तर, अब रकम तत्कालै जम्मा हुने र शुल्क समेत कम लाग्ने मिश्र बताउछन् । यसबाट समय र रकम दुबै बचत हुने उनको भनाइ छ ।


 

More form the Internet

loading...