Suvadin, Home
Nepal life 2.601M

बैंकहरूमा चल्यो ब्याज बढाउने होडबाजी

माछापुच्छ्रे बैंकले १२.५ प्रतिशतसम्म व्यक्तिगत मुद्दती खाता ब्याज दिने योजना अघि सारेको छ। बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो। यस्तै जनता बैंकले जनता मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने भएको छ।

काठमाडाैं, १९ मंसिर – बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने भद्र सहमति गरेका थिए। त्यस्तै संस्थागत निक्षेपमा ११ प्रतिशत र बचत खातामा ७ प्रतिशतसम्म ब्याज दिन बैंकहरूको सहमति भएको थियो।

बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएपछि बैंकर्स संघले मंगलबारको बैठकबाट व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको हो। उक्त निर्णयसँगै बैंकहरूमा ब्याजदर बढाउने होडबाजी चलेको छ।

माछापुच्छ्रे बैंकले १२.५ प्रतिशतसम्म व्यक्तिगत मुद्दती खाता ब्याज दिने योजना अघि सारेको छ। बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो। यस्तै जनता बैंकले जनता मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने भएको छ।

बैंकको उक्त योजना ३५ दिने वा सोभन्दा बढी अवधिको निक्षपमा लागु हुनेछ जसमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ। त्यसतै अन्य बैंकहरू पनि अाकर्षक ब्याजदर ल्याउने योजनामा छन्।


 

More form the Internet

loading...