बैंकहरुमा ४८ अर्ब तरलता थपियो

काठमाडाैं, २७ असार – केन्द्रीय बैंकले तरलता सहज पार्न सीआरआर क्यास रिजर्भ रेसियोमा सहजीकरण गरेपछि बैंकहरुमा ४८ अर्ब तरलता थपिने भएको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दे सीआरआर घटाएपछि यस्तो अवस्था आएको हो।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले सीआरआर ४ प्रतिशतमात्र कायम गरेको छ। यसअघि वाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकले ५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत सीआरआर कायम गर्नुपर्ने व्यवस्था थियो।
सीआरआरमा गरिएको कटौतीबाट करिब ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दे उक्त जानकारी दिए। तरलता सहज भएपछि निक्षेप तथा कर्जाको ब्याजदरमा समेत कमी आउने विश्वास गरिएको छ।