Suvadin, Home
Nepal life 1.817M

बेतिनी सिमसारः पर्यटकीय गन्तव्यसँगै अार्थिकाेपार्जनकाे अाधारशीला

उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ। सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवा शुरु भएपछि आन्तरिक पर्यटक बढिरहेका छन्। उक्त सिमसार क्षेत्रमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम राईले बताएका छन्।
बेतिनी सिमसार।

मोरङ, माघ २९ – माेरङकाे उदाउँदाे शहर उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ।

उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ। सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवासमेत शुरु भएपछि आन्तरिक पर्यटक बढिरहेका छन्। 

उक्त सिमसार क्षेत्रमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम राईले बताएका छन्। पूर्वपश्चिम राजमार्गदेखि तीन किमी उत्तरमा रहेको सो सिमसार क्षेत्र ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

चाडपर्व सकिएलगत्तै मंसिरदेखि फागुनसम्म नै सो क्षेत्रमा घुम्न आउने र वनभोज खानेको घुइँचो नै लाग्ने गर्छ। मोरङसहित झापा र सुनसरी जिल्लाका मानिसको रोजाइमा बेतिनी सिमसार पर्ने गरेको बताउँदै बेतिनी सामुदायिक वनका अध्यक्ष राईले भने, 'यहाँ सडक सुविधा भएकाले पनि सहजै पुग्न सकिन्छ।'

उर्लाबारी नगरपालिकाले नगरपालिकालाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ। सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा निर्माण र सडकमा रोडामाटो बिछ्याइएको छ।

एक बालोद्यान निर्माणका क्रममा छ। नगरपालिकाका प्रमुख खड्ग फागोले समृद्ध नगर निर्माणका लागि बेतिनी सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन नगर कार्यपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिएका छन्। 

नगर प्रमख फागोका अनुसार बेतिनी सिमसारलाई पूर्वकै आकर्षक पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले रणनीतिक योजना नै निर्माण गरेको छ। सिमसार क्षेत्रको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा पर्यटकलाई आकर्षण गर्न तीन वटा बाघको प्रतिमा पनि राखिएको छ। 

नगरपालिकाको रु तीन लाख ५० हजार लागतमा सो प्रतिमा स्थापना गरिएको हो। उक्त सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाइ, हाँडीफोर, बकुल्लालगायत चराचुरुंगी पाइन्छ। 

उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगरलगायत जीवजन्तु पाइन्छ। सिमसार प्रवेशका लागि प्रतिव्यक्ति रु १० शुल्क तोकिएको छ।


 

More form the Internet

loading...