Suvadin, Home

युवा उद्यमीको प्रेरक सफलता
उद्यमशीलता र रोजगारी सिर्जना गर्न जुटिरहेका विकास खतिवडा

वाणिज्यमन्त्री विश्वकर्माले मुलुकमा विकास खतिवडा जस्तै युवाको खाँचो रहेको औँल्याएका थिए। नेपाल सरकारका मन्त्रीले समेत उदाहरणीय रुपमा प्रस्तुत गरेका युवा उद्यमी खतिवडा युवाहरुका आशा र भरोषा हुन्।
लाइक नेचर लेले वाइन उद्योगका सञ्चालक एवम् प्रबन्ध निर्देशक विकास खतिवडा।

काठमाडौं, असोज २६ – भौगोलिक अवस्थिति र प्राकृतिक बनोटका आधारमा नेपाल सम्भावनायुक्त देश हो। तर, रोजगारीका तमाम सम्भावनाको खोजी गर्ने ‘झण्झट’ व्यहोर्नुभन्दा लाखौं खर्चिएर विदेश जान तयार हुने मानसिकताबाट नेपाली समाज ग्रस्त छ।

तर, केही युवा यस्तो सोचबाट मुक्त छन्। नेपालमै श्रम गरेर आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि योगदान दिने केही युवा नेपाली समाजका आशा र भरोषाका केन्द्र हुन्।

नेपाली युवा उद्यमीहरुमाझ लोकप्रिय विकास खतिवडा पनि स्वदेशमै श्रम खर्चिएर स्वरोजगार बन्नुपर्छ भन्ने सोच राखेर अघि बढिरहेका छन्। खतिवडा भन्छन्, ‘नेपालमा अथाह सम्भावना छ, हामीले सुक्ष्म ढंगले खोजी गर्नमात्रै आवश्यक छ।’

विभिन्न व्यवसायबाट सिक्दै अघि बढिरहेका विकास खतिवडाले अहिले नयाँ व्यवसायको शुरुवात गरेका छन्। लाइक नेचुरल लेले वाइन उद्योगका सञ्चालक एवम् प्रबन्ध निर्देशक खतिवडा नेपाली औद्योगिक आकाशमा उज्ज्वल नक्षत्रका रुपमा उदाउँदै छन्।

नेपाली समाजलाई औद्योगिक क्षेत्रले जोडेर आमनेपालीको जीवनस्तर उकास्ने उनको सोच छ। आधुनिक प्रविधिको प्रयोग, आर्थिक तथा संरचनागत सुधार र नेपाली मौलिक पद्धतिलाई अंगालेर अघि बढ्न सके मुलुकको कायापलट हुने खतिवडाको तर्क छ। 

खोटाङबाट गोदावरीसम्मको यात्रा

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले नेपाल उद्यमशील महिला महासंघको बुधबार सम्पन्न दोस्रो साधारणसभालाई बुधबार सम्बोधन गरे। ललितपुरको गोदावरी–५ मा सञ्चालित लाइक नेचुरल लेले वाइन उद्योगका विषयमा मन्त्री विश्वकर्माले चर्चा गरे।

सँगसँगै युवा उद्यमी विकास खतिवडालाई एक जना जुझारु नेपाली युवाको संज्ञा पनि विश्वकर्माले दिए। ‘लाइक नेचुरल लेले वाइन उद्योग सञ्चालनमा आएको धेरै भएको छैन,’ विश्वकर्माले भने, ‘उक्त उद्योगबाट उत्पादित मदिरा नेपाली बजारमा लोकप्रिय हुँदै गएको छ भन्ने सुनिन थालेको छ।’

वाणिज्यमन्त्री विश्वकर्माले विकास खतिवडा जस्तै युवाको खाँचो मुलुकमा रहेको औँल्याएका थिए। नेपाल सरकारका मन्त्रीले समेत उदाहरणीय रुपमा प्रस्तुत गरेका युवा उद्यमी खतिवडा युवाहरुका आशा र भरोषा हुन्।

खोटाङ जिल्लाको लामिडाँडा–३ मा वि.सं. २०४१ साल मंसिर महिनाको ८ गतेका दिन बुवा विदुरकुमार खतिवडा र आमा गंगादेवी खतिवडाका सुपुत्रका रुपमा विकासको जन्म भएको हो। उनले बीबीएससम्म अध्ययन गरेका छन्। उनले सिटी कलेजबाट प्लस टु र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह अध्ययन गरेका हुन्।

अध्ययनसँँगै व्यावसायिक अनुभव हासिल गरिरहेका विकासले खोटाङदेखि काठमाडौंसम्मको जीवनयात्रामा कहिले सफलता त कहिले विफलता पाएका छन्। तर, उनी निरन्तर प्रयास गरिरहेका छन्। त्यसैले नेपाली उद्यमशीलताको इतिहास निर्माण गर्नेतर्फ उनका पाइला अघि बढिरहेका छन्। 

बजारको अध्ययन र विश्लेषण गर्दै जाँदा खतिवडाले मदिराको सम्भावनालाई पहिल्याए। र, विदेशबाट आउने वाइनलाई विस्थापित गर्ने गरी लेली ब्राण्डमा पाँच प्रकारका वाइन उत्पादन गर्न थाले।

व्यावसायिक जीवनको थालनी

खतिवडाको व्यावसायिक जीवनको शुरुवात केमिकल उद्योगबाट भएको हो। सोलिड फ्यूल तथा साबुन पनि उत्पादन गरेको उनले बताएका छन्। उद्यमशील जीवनको दोश्रो चरणमा खतिवडाले महाकाली जडिबुटी कम्पनी प्रालिको स्थापना गरेका थिए।

खोटोबाट रेजिन र तारपिनको तेल उत्पादन गरेको अनुभव पनि उनले संगालेका छन्। बजारको अध्ययन र विश्लेषण गर्दै जाँदा खतिवडाले मदिराको सम्भावनालाई पहिल्याए। र, विदेशबाट आउने वाइनलाई विस्थापित गर्ने गरी लेली ब्राण्डमा पाँच प्रकारका वाइन उत्पादन गर्न थाले।

खतिवडाले व्यावसायिक साझेदार कृष्ण थापासँगको परामर्शबाटै नयाँ व्यवसाय थालिएको बताएका छन्। ‘वि.सं. २०७१/०७२ सालमा उद्योग दर्ता गरिएको हो, २०७३ सालबाट उत्पादन शुरु गर्यौं,’ खतिवडाले शुभदिनसँग भने, ‘डेढ वर्षजति भण्डारण गरेपछि बजारमा ल्याएका हौं।’

नेपाली माझ लोकप्रिय लेली वाइन

नेपाली उपभोक्ताहरु माझ छोटो समयमा नै लेली वाइन लोकप्रिय भइसकेको छ। बजारबाट उत्साहजनक प्रतिक्रिया आइरहँदा प्रबन्ध निर्देशक खतिवडासहित लाइक नेचुरल लेले वाइन उद्योग परिवार हौसिएको छ।

‘नेपाली आमउपभोक्ताले हामीलाई जिम्मेवारी थपिदिनु भएको छ,’ खतिवडाले थपे, ‘गुणस्तरीय उत्पादन गर्नका लागि प्रेरणा पाइरहेका छौं, र यसका लागि प्रतिबद्ध पनि छौं।’

अहिले दैनिक २ हजार ५ सय बोटल उत्पादन भइरहेको पनि खतिवडाले जनाए। ‘लेली ब्राण्डमा रेड स्वीट वाइन, ह्वाइट वाइन, लेडिज स्पेसल रेड वाइन बजारमा उपलब्ध छन्।

खतिवडाका अनुसार अझै उत्कृष्ठ गुणस्तरमा सर्वोत्तम र पाँच वटा ब्राण्डको पूर्ण संयोजनका रुपमा श्री ५ ब्राण्ड पनि बजारमा आउँदैछ। ‘हामी नेपाली उपभोक्तालाई असली वाइनको स्वादबाट सन्तुष्टि प्रदान गर्ने अभियानमा छौं,’ उनले भने।

विदेशबाट ३ सयमा आउने र ट्याक्ससहित गरेर १६ सयमा बिक्री हुने वाइनभन्दा धनको बचत गर्नका लागि पनि नेपाली वाइन नै उपयोगी हुने खतिवडाको तर्क छ।

सरकारबाट अपेक्षा

युवा उद्यमी खतिवडालाई नेपाली उद्योग वाणिज्य क्षेत्रका लागि बनेका नीति नियमसँग त्यति चित्त बुझेको छैन। उनी भन्छन्, ‘बाह्य कम्पनीलाई स्थापित गर्ने र नेपाली उद्योग धरासायी बनाउने ऐन कानून खारेज हुनुपर्छ।’

विदेशबाट ३ सयमा आउने र ट्याक्ससहित गरेर १६ सयमा बिक्री हुने वाइनभन्दा धनको बचत गर्नका लागि पनि नेपाली वाइन नै उपयोगी हुने खतिवडाको तर्क छ। ‘लेली ४ सय ५० सयमै पाइन्छ, अनि महँगो किन उपयोग गर्ने?,’ उनले प्रश्न गरे।

ट्याक्स बढी तिरेपनि लेली वाइन जति गुणस्तरीय उत्पादन नअाएकाे उनले बताएका छन्। 

तर, यसका लागि सरकारले पनि उद्यमीहरुलाई सहयोग गर्नुपर्ने खतिवडाको धारणा छ। राज्यले नेपाली उत्पादनलाई प्रोत्साहन गरेपछि मात्रै औद्योगिक विकाससँगै स्थायित्व हुने उनको टिप्पणी छ।

नेपाली उद्यमशीलताका क्षेत्रमा नमूना काम गरिरहेका खतिवडाले वाइन उद्योगमा कयौं युवालाई रोजगारी दिन र नेपाली किसान उत्पादन गरेका फलफूलको सदुपयोग गर्न सकिने बताएका छन्।


 

More form the Internet

loading...